कपडाको चप्पल बनाउने तालिम समापन
पाेखरा | असार ४, २०७९
पोखरा : गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा संचालित १२ दिने कपडाको चप्पल बनाउने तालिम समापन भएको छ । प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयले यसै वर्ष देखी सिप परीक्षण नहुने चप्पल बनाउने, बाजा बजाउने लगाएतका तालिमहरु समेत संचालन गरेको हो ।
पोखरा ५, बुलौदी बहुउद्धेश्यीय भवनमा भएको समापन कार्यक्रमको अध्यक्षता गण्डकी बहुप्राविधिक प्राबिधिक शिक्षालयका निर्देशक श्री लक्ष्मण तिमिल्सिनाले गरेका थिए । भने कार्यक्रमको बिशेष आमन्त्रित व्यक्तित्व पोखरा महानगर पालिका वडा न ५, का नव( निर्वाचित वडा अध्यक्ष श्री बिष्णु बरालले सहभागीहरु लाई प्रमाणपत्र वितरण गर्दै सिपलाई स्वरोजगार संग जोड्न अनुरोध गर्दै वडा कार्यालयले रचनात्मक कार्यका लागि आवश्यक सहयोग गर्ने बताएका थिए ।
२०७९ ०२ २३ गते देखि सुरु गरिएको तालिममा २० जना सहभागी रहेका थिए । कार्यक्रममा स्वागत मन्तब्य स्वागत टोल आमा समुहका अध्यक्ष श्रीमति मधु थापाले गर्नुभएको थियो भने तालिम प्रशिक्षण प्रशिक्षक धनमाया श्रेष्ठले गर्नु भएको थियो ।
मापन कार्यक्रमको उद्घोषण श्री सन्तोष शर्माले गर्नु भएको थियो ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

